नियम २२८
रकम निकासा
नेपाल सरकारबाट जिल्ला विकास समिति तथा नगरपालिकालाई उपलब्ध हुने निशर्त तथा शशर्त अनुदान रकम अर्थ मन्त्रालयले सम्बन्धित जिल्ला विकास समितिको कोष र नगरपालिकाको कोषमा जम्मा हुने गरी सोझै उपलब्ध
गराउनेछ । तर गाउ“ विकास समितिको हकमा भने अर्को व्यवस्था नभएसम्म नेपाल सरकारबाट उपलब्ध गराउने अनुदान रकम अर्थ मन्त्रालयले जिल्ला विकास समिति मार्फत गाउ“ विकास समिति कोषमा उपलब्ध गराउनेछ ।